पेट्रोल र डिजेलको मूल्य बढाउने सरकारको निर्णय, तीन थरी इन्धन प्रतिलिटर २००

१७ श्रावण २०८३, आईतवार २२:४०

काठमाडौं । अन्तर्राष्ट्रिय बजार मूल्यको अनुपातमा मूल्य नघटाएको सरकारले आज फेरि पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बृद्धि गर्ने निर्णय गरेको छ । नेपाल आयल निगमले आइतबार मध्यराति अर्थात (आज) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । आजको निर्णयसँगै अहिलेको बालेन्द्र शाह नेतृत्वको सरकार उपभोक्ताको शोषण गर्न उद्यत रहेको पुष्टी हुन आएको छ ।

यसअघि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको बेलामा घटाउन आनाकानी गर्दै सञ्चार माध्यम र नागरिक समाजले चर्को दवाव दिएपछि एक पटक मात्रै घटाएको थियो । अन्तर्राष्ट्रिय बजारमा पुरानै अवस्थामा मूल्य फर्किँदा समेत सरकारले इन्धनको मूल्य नघटाएर उपभोक्तामाथि अपराध गरेको थियो ।

नेपाल आयल निगमले जारी गरेको सूचना अुनसार पेट्रोलमा ३ रूपैयाँ, डिजेल र मट्टितेलमा ५ रूपैयाँ प्रतिलिटरका दर मूल्य बृद्धि गर्ने निर्णय गरिएको छ । त्यस्तै, हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो । यसले आन्तरिक हवाई भाडा पुःन बृद्धि हुने देखिएको छ ।

नयाँ मूल्यसूचि अनुसार काठमाडौंमा प्रतिलिटर १९७ रुपैयाँ रहेको इन्धनको मूल्य अब २०० रुपैयाँ पुगेको छ । त्यस्तै, सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम गरिएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर, अमलेखगञ्ज, भलवारी, धनगढी र वीरगञ्जमा १ सय ९७ रुपैयाँ ५० पैसाको नयाँ मूल्य तोकिएको छ ।

उता, डिजेलको मूल्य पनि बढेको छ । काठमाडौं १९५ रुपैयाँ मूल्य प्रतिलिटर तोकिएको डिजेल र मट्टीतेलको मूल्य बृद्धि गरी २०० रुपैयाँ कायम गरिएको छ । हवाई इन्धन २२९ रुपैयाँबाट बृद्धि गरी २४९ रुपैययाँ पुर्याइएको छ । एलपी ग्याँसको मूल्य यथावत नै रहेको छ । अन्तर्राष्ट्रिय इन्धनको मूल्य प्रतिकिलोलिटर १५६६ बाट १६९७ अमेरिकी डलर तोकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*