मध्यराति पूर्वका चर्चित उद्यमीको घर र कार्यालयमा प्रहरीको छापा, उद्योगी व्यवसायीहरु सशंकित

१८ श्रावण २०८३, सोमबार १०:५५

काठमाडौं । नेपाल प्रहरीले आज मध्यराति विराटनगरस्थित चर्चित उद्यमी प्रकाश मुन्दडाको घर कार्यालयमा छापा मारेको छ । स्थानीयबासी र विराटनगरस्थित पत्रकारहरुका अनुसार आज विहान ३ बजेदेखि ५ बजेको बीचमा सिएनआई कोशी प्रदेशका उपाध्यक्ष तथा देवेनरा ग्रुपका अध्यक्ष प्रकाश मुन्दडाको घर तथा कार्यालयमा छापा मारिएको हो ।

प्रहरीले कर छली तथा राजश्व सम्बन्धी अनुसन्धान गर्न आज मध्यराति दर्जनौं प्रहरीहरु परिचालन गरेर मुन्दडाको घर तथा कार्यालयमा छापा मारिएको हो । प्रकाश मुन्दडाको हाईलाइफ चप्पल उत्पादन गर्दै आएका उद्यमी हुन् । विराटनगरमा भव्य मल तथा चाँदीको कारोबार गर्दै आएका मुन्दडा समुहमाथि प्रहरीले केही दिनदेखि निगरानी गर्दै आएको थियो ।

सोमबार विहानै उज्यालो नहुँदै सयौं प्रहरीले घेरा हालेर छापा मारेको बिषयले उद्योगी व्यवसायीहरु आतंकित बन्न पुगेका छन् । उद्योगी व्यापारीहरुले आजै बैठक बसेर सो सम्बन्धमा निर्णय गर्ने जनाएका छन् ।

पूर्व सूचना दिएरै प्रहरीले छापा मारेको खुलेको छ । विराटनगरस्थित एक पत्रकारले बीमापोष्टलाई दिएको जानकारी अनुसार विगत १५ दिन पहिले देखि नै छापा मार्ने तयारी भइरहेको हल्ला बजारमा व्यापक थियो । मुन्दडा कर छली तथा अबैध कारोबारमा संलग्न रहेको आरोप लामो समयदेखि लाग्दै आएको थियो । अब प्रश्न उठेको छ, १५ दिनअघि देखि नै हल्ला भएको बिषयमा मध्यराति छापा मार्नुपर्ने अवस्था किन आयो ? दिउसो छापा मार्न किन सकिएन ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*