दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश
१८ श्रावण २०८३, सोमबार १८:५४

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत भक्तपुरले रिहा गर्न आदेश दिएको छ।
सोमबार अदालतले प्रसाईंविरुद्ध थप हिरासत म्याद नथपी रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशसँगै उनलाई हिरासतबाट मुक्त गर्ने प्रक्रिया अघि बढ्ने भएको छ।
प्रसाईंविरुद्ध दर्ता भएको मुद्दाका सम्बन्धमा थप हिरासत म्याद आवश्यक नदेखिएको भन्दै अदालतले रिहा गर्न आदेश दिएको जनाइएको छ।











