नबिल बैंकको नाफा साढे ३३ प्रतिशत बढ्यो, अधिकांश सूचकमा देखियो चमक

२० श्रावण २०८३, बुधबार ०६:४४

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा नाफा सहितका अधिकांश सूचकमा उल्लेख्य चमक देखिएको हो ।

बैंकको खुद नाफ ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँबाट ३३.५० प्रतिशतले बढेर ७ अर्ब ९० करोड ५८ लाख रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी १६ अर्ब ३२ करोड ७२ लाख रुपैयाँबाट ४.१८ प्रतिशतले बढेर १७ अर्ब ९२ लाख रुपैयाँ नाघेको छ ।

त्यसैगरी खुद फी तथा कमिशन आम्दानी ३ अर्ब ४२ करोड ८८ लाख रुपैयाँबाट ३.२७ प्रतिशतले बढेर ३ अर्ब ५४ करोड १० लाख रुपैयाँ नाघेको छ । योसँगै बैंकको कुल सञ्चालन आम्दानी पनि २१ अर्ब ६४ लाख रुपैयाँबाट ६.३२ प्रतिशतले बढेर २२ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ नाघेको छ ।

यता बैंकको सञ्चालन मुनाफा ९ अर्ब २३ करोड ५४ लाख रुपैयाँबाट २५.२२ प्रतिशतले बढेर ११ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य मुनाफा ३ अर्ब ८५ करोड ५५ लाख रुपैयाँबाट ३४ प्रतिशतले बढेर ५ अर्ब १६ करोड ९१ लाख रुपैयाँ पुगेको छ ।

प्रतिशेयर आम्दानी २१.८९ रुपैयाँबाट २८.३६ रुपैयाँ पुगेको छ भने एनपीएल ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा झरेको छ । बेसरेट ५.८३ प्रतिशतबाट ४.४४ प्रतिशतमा झरेको यस बैंकको प्रतिशेयर नेटवर्थ २४७.२८ रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँबाट १८.४८ प्रतिशतले बढेर ३२ अर्ब ५ करोड ६९ लाख रुपैयाँ पुगेको बैंकको रिजर्भ कोषमा ३४ अर्ब ६८ करोड ४ लाख रुपैयाँ सञ्चिति रहेको छ। बैंकको कर्जा प्रवाह ५ खर्ब २४ अर्ब ६२ करोड ५९ लाख रुपैयाँबाट १२.९५ प्रतिशतले बढेर ५ खर्ब ९२ अर्ब ५५ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ४ खर्ब १० अर्ब ९९ करोड २० लाख रुपैयाँबाट १२ प्रतिशतले बढेर ४ खर्ब ६० अर्ब ३१ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*