महालक्ष्मी विकास बैंकको नाफ साढे ४८ प्रतिशत बढ्यो, अधिकांश वित्तीय सूचकमा उच्च वृद्धि

काठमाडौं । राष्ट्रियस्तरको विकास बैंक महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम अर्थात् चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार गत आवमा बैंकको नाफा, आम्दानी लगायतका अधिकांश वित्तीय सूचकमा उच्च वृद्धि भएको हो ।
गत वर्ष बैंकले ६२ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । यो अघिल्लो वर्षको ४२ करोड ४३ लाख रुपैयाँको तुलनामा ४८.४६ प्रतिशत बढी हो । त्यस्तै गत वर्ष बैंकको खुद ब्याज आम्दानी पनि १ अर्ब ९४ करोड १२ लाख रुपैयाँबाट १०.६९ प्रतिशतले बढेर २ अर्ब १४ करोड ८७ लाख रुपैयाँ नाघेको छ ।
बैंकको खुद फी तथा कमिशन आम्दानी २० करोड ६५ लाख रुपैयाँबाट २३ करोड ४ लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी २ अर्ब २७ करोड १८ लाख रुपैयाँबाट ९.५४ प्रतिशतले बढेर २ अर्ब ४८ करोड ८६ लाख रुपैयाँ नाघेको छ ।
आम्दानीमा वृद्धि भएसँगै बैंकको सञ्चालन मुनाफा पनि ६१ करोड १४ लाख रुपैयाँबाट ५३.४१ प्रतिशतले बढेर ९३ करोड ७९ लाख रुपैयाँ नाघेको छ । आम्दानी र नाफामा वृद्धि भएपछि बैंकको वितरणयोग्य मुनाफा पनि ४४ करोड ५६ लाख रुपैयाँबाट ४.४० प्रतिशतले बढेर ४६ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ९.८८ रुपैयाँबाट बढेर १३.९६ रुपैयाँ पुगेको छ भने खराब कर्जा (एनपीएल) ४.९८ प्रतिशतबाट बढेर ६.३२ प्रतिशत पुगेको छ । बैंकको आधार दर ६.९४ प्रतिशतबाट घटेर ५.६६ प्रतिशत कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १६५.४२ रुपैयाँ कायम भएको छ ।
चुक्ता पूँजी ४ अर्ब २९ करोड रुपैयाँबाट ४ अर्ब ५१ करोड रुपैयाँ पुगेको यस बैंकको रिजर्भ कोषमा २ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी सञ्चिति रहेको छ । बैंकले ग्राहकमा प्रवाह गरिएको कर्जा ४१ अर्ब ५१ करोड रुपैयाँबाट बढाएर ४३ अर्ब ३४ करोड रुपैयाँ पुर्याएको छ भने निक्षेप संकलन ५५ अर्ब ११ करोड रुपैयाँबाट घटेर ५५ अर्ब १ करोड रुपैयाँमा झरेको छ ।











