नेपाल बैंकका ग्राहक र कर्मचारीलाई नयाँबजारको पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा छुट

२० श्रावण २०८३, बुधबार १०:४३

काठमाडौं । नेपाल बैंक लिमिटेड र काठमाडौंको नयाँबजारमा अवस्थित पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच बैंकका ग्राहक र कर्मचारीलाई छुट दिने सम्झौता भएको छ ।

सम्झौता अनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक र बैकमा कार्यरत कर्मचारीलाई नयाँबजारस्थित पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालमा समेतमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट दिइनेछ ।

अब बैंकका ग्राहक र कर्मचारीले पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल र सो अन्तर्गत सञ्चालित जनरल अस्पतालमा उपचार गर्दा बिरामी दर्ता र चेकअपमा १०० प्रतिशतसम्म र अस्पतालको विविध सेवाहरूमा लाग्ने शुल्कमा १० देखी २० प्रतिशतसम्म छुट हुने भएकोे छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि तर्फबाट प्रबन्ध निर्देशक रोशन लुईटेलले हस्ताक्षर गरेका छन् ।

नेपालको पहिलो बैंकको रूपमा परिचित नेपाल बैंक लिमिटेडले नेपालभर २३१ शाखा, २४६ एटीएम मशिनका साथै ५८ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बंैकिङ सेवा पुर्‍याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*