आशा लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानीमा उछाल, अधिकांश सूचकमा उच्च वृद्धि

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा २६ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवमा कमाएको १० करोड २६ लाख रुपैयाँको तुलनामा यो १५५.१९ प्रतिशतले बढी हो ।
अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ७५ करोड ४० लाख रुपैयाँबाट बढेर ८८ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ८८ करोड ९८ लाख रुपैयाँबाट बढेर १ अर्ब ६ करोड ५५ लाख रुपैयाँ नाघेको छ ।
कम्पनीको सञ्चालन मुनाफा पनि १६ करोड ७ लाख रुपैयाँबाट ह्वात्तै बढेर ३७ करोड १४ लाख रुपैयाँ पुगेसँगै वितरणयोग्य मुनाफा पनि ८ करोड २१ लाख रुपैयाँबाट बढेर २१ करोड ६० लाख रुपैयाँ नाघेको छ । कम्पनीको कर्जा प्रवाह १० अर्ब २९ करोडबाट ११ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ३ अर्ब २१ करोड रुपैयाँबाट ३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँबाट ३२.६३ रुपैयाँ पुग्दा खराब कर्जा ६.४९ प्रतिशतबाट ८.५७ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १७४.६७ रुपैयाँ रहेको छ । चुक्ता पूँजी ७३ करोड ३० लाख रुपैयाँबाट ८० करोड २६ लाख रुपैयाँ पुगेको कम्पनीको रिजर्भ कोषमा ३८ करोड ३३ लाख रुपैयाँ रहेको छ ।











