सपोर्ट लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानीमा उछाल, अधिकांश सूचकमा उच्च वृद्धि

२२ श्रावण २०८३, शुक्रबार ०६:४२

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ७ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो आवको २ करोड ७ लाख रुपैयाँको तुलनामा १८१.३६ प्रतिशतले बढी हो ।

गत आवमा कम्पनीले १८ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो आवको १३ करोड ६४ लाख रुपैयाँको तुलनामा ३५.५५ प्रतिशतले बढी हो । गत आवमा कम्पनीको कुल सञ्चालन आम्दानी पनि २१ करोड ४१ लाख रुपैयाँ पुगेको छ जुन अघिल्लो आवमा १५ करोड ८८ लाख रुपैयाँ थियो ।

कम्पनीको सञ्चालन मुनाफा ४ करोड ३५ लाख रुपैयाँबाट १३४.२५ प्रतिशतले बढेर १० करोड १९ लाख रुपैयाँ नाघेको छ भने वितरणयोग्य मुनाफा २ करोड ८७ लाख रुपैयाँबाट ६ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

प्रतिशेयर आम्दानी २२.११ रुपैयाँबाट ५६.८२ रुपैयाँ पुगेको कम्पनीको खराब कर्जा ५.७६ प्रतिशतबाट घटेर २.१६ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २०५.१३ रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी १२ करोड २४ लाख रुपैयाँबाट १३ करोड ४० लाख रुपैयाँ पुगेको कम्पनीको जगेडा कोषमा ७ करोड २८ लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीको कर्जा प्रवाह १ अर्ब ९० करोड रुपैयाँबाट २ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ४६ करोड रुपैयाँबाट ५९ करोड रुपैयाँ पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*