प्रभु बैंकका ग्राहकलाई ससःत्वा हस्पिटालिटीमा १५ प्रतिशतसम्म छुट

२९ श्रावण २०८३, शुक्रबार १४:००

काठमाडौँ । कीर्तिपुर नगरपालिका वाड नं ३ सागल कीर्तिपुर स्थित सस ःत्वा हस्पिटालिटी प्रा.लि र प्रभु बैंकबीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेख बहादुर पुन र कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन र सस ःत्वा हस्पिटालिटी प्रा.लि तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल र सञ्चालक प्रबन्धक सुशान महर्जन बाट सम्झौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौता पत्र हस्तान्तरण गरे ।

सस ःत्वा हस्पिटालिटी प्रा.लि प्रभु बैंक लिमिटेड का ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत बिशेÈ छुट पाउने छन् ।

सम्झौता अनुसार प्रभु बैंक लिमिटेड का ग्राहक तथा कर्मचारीहरु तथा वैध परिचयपत्र भएका ग्राहकहरुलाई खाना तथा पेय पदार्थमा १०%–१५% छुट प्राप्त गर्न सक्नेछन । सस ःत्वाको सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ ।

यस बैंकका नेपालभर रहेका ३०० शाखा कार्यालयहरु, २६५ एटीएम साथै ६६ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*