मुस्ताङको कोरला नाकाबाट शकांस्पद रुपमा भित्रिएका ८ वटा ट्रक पक्राउ

३० श्रावण २०८३, शनिबार १७:४७

काठमाडौं । प्रक्रिया पुरा गरेर भन्सार जाँच पास भई नेपालतर्फ आउँदै गरेकोका आठ वटा ट्रक कन्टेनरहरुमा प्रहरीलाई शंका लागेपछि आज नियन्त्रणमा लिएर थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभागमा पठाएको छ । यसअघि मध्यराति प्रतिबन्धित भेप लिएर नेपाल छिरेका दुई ट्रक भन्सार प्रमुखले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । सो काण्ड अहिले मुद्दा दर्ता समेत भइसकेको छ ।

मुस्ताङ प्रहरीका अनुसार प्रहरीलाई भन्सार नगरी नेपालतर्फ गाडी छिरेको सूचनाको आधारमा चेकजाँचको क्रममा शंका लागेपछि ना६ख ४७४१, को१ख ५६९६, ना३ख ७१६०, ना६ख २०२२, बागमति प्रदेश ०१ ००६ ख २२४८, बागमति प्रदेश ०१ ००६ ख ६२७३, बागमति प्रदेश ०१ ००६ ख ६१११ बागमति प्रदेश ०१ ००५ ख २२४५, नम्वरका कन्टेनर ट्रक प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ट्रकसँगै चालकहरु ईश्वर थापा, रत्न बहादुर तामाङ्, उद्दव बस्नेत, धर्म बहादुर नेपाली, कर्म शेर्पा, निरोज नेपाल, विशाल तामाङ र गोपाल श्रेष्ठलाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले उक्त ट्रकबारे आवश्यक अनुसन्धान गर्न राजश्व अनुसन्धान विभाग पुल्चोक पठाइएको जनाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बीमापोष्टलाई जानकारी दिएको छ । स्रोतका अनुसार प्रहरीलाई विशेष स्रोतबाट सुचना आयो, सूचना आएपछि पक्राउ गरेर थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग पुल्चोक पठाइएको हो । उक्त ट्रकहरुमा भेप भएको हुनसक्ने आशंका गरिएको छ । उक्त ट्रक कसको भन्ने खुल्न बाँकी छ ।

भन्सार कार्यालय कोरला नाकाबाट नेपाल भित्रिएका ति ट्रकहरुलाई चेकजाँच नै नगरी आयातकर्ताले भने बमोजिमको मात्रै भन्सार बुझाएर छोडिएको बुझिएको छ । सोही सूचनाको आधारमा कैफियत रहेको बुझिएको हो ।

-फाइल तस्विर

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*