हिमालयन एभरेष्टको बीमा व्यवसाय मजबुत, चौथो त्रैमाससम्ममा अधिकांश सूचक बलियो

३१ श्रावण २०८३, आईतवार ०८:०४

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा आधारभूत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको चुक्ता पूँजी, बीमा कोष र खुद बीमा शुल्क आर्जन जस्ता सूचकहरूमा सकारात्मक वृद्धि देखिएको हो ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड १ लाख रुपैयाँ पुगेको छ । कम्पनीको बीमा कोष १६.१० प्रतिशतले बढेर ४ अर्ब ४७ करोड ५७ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष यस्तो कोष ३ अर्ब ८५ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षमा कम्पनीले २ अर्ब २१ करोड ७९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ जुन अघिल्लो वर्षको २ अर्ब २ करोड १० लाख रुपैयाँको तुलनामा ९.७४ प्रतिशतको उत्साहजनक वृद्धि हो । यस्तै कम्पनीले २ अर्ब ५५ करोड ८५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष १ अर्ब ८९ करोड ५७ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

कम्पनीले सम्भावित जोखिमलाई मध्यनजर गर्दै महाविपत्ति कोषमा पनि २०.५५ प्रतिशत वृद्धि गरी ९ करोड ९० लाख रुपैयाँ पुर्‍याएको छ ।

कम्पनीले गत आवमा ३३ करोड ७८ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो आवको ५३ करोड २३ लाख रुपैयाँको तुलनामा ३६.५३ प्रतिशतले कम हो । अघिल्लो वर्षको तुलनामा दाबी भुक्तानी र खर्चमा भएको वृद्धिका कारण खुद नाफामा दबाब देखिएको हो ।

कम्पनीको प्रतिशेयर नेटवर्थ २१३.९४ रुपैयाँ कायम भएको छ भने प्रतिशेयर आम्दानी १३.५१ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*