ओरिएन्टल इन्स्योरेन्सले घाटाबाट उठेर कमायो ४९ करोड नाफा, अन्य सूचक कस्ता ?

३१ श्रावण २०८३, आईतवार ०९:२५

काठमाडौं । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा ११ करोड ७६ लाख रुपैयाँ खुद घाटामा रहेको यो कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिसम्ममा ४९ करोड ४ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाउन सफल भएको हो ।

कम्पनीको बीमाकोष अघिल्लो वर्ष २ अर्ब ८० करोड रुपैयाँको हाराहारीमा रहेको कोष १७७ प्रतिशतभन्दा बढीले वृद्धि भई ७ अर्ब ७६ करोड ९५ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी कम्पनीले खुद बीमाशुल्क आर्जनमा पनि करिब २५ प्रतिशतको वृद्धि हासिल गर्दै १ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ संकलन गरेको छ ।

कम्पनीको जगेडा कोष तर्फको अवस्था पनि सुधारोन्मुख देखिएको छ । महाविपत्ति कोष ३५.७२ प्रतिशतले बढेर ८ करोड ५९ लाख पुगेको छ भने अघिल्लो वर्ष ६ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको रिटेन्ड अर्निङ यस वर्ष ४ करोड ५५ लाख रुपैयाँ धनात्मक भएको छ ।

कम्पनीको अघिल्लो वर्ष ३३ हजार ५०१ वटा पोलिसी जारी भएकोमा गत वर्ष यो संख्या ४८ हजार ९४६ पुगेको देखिन्छ । कम्पनीले खर्च व्यवस्थापनमा पनि कटौती गरेको छ । जसका कारण कुल खर्च अघिल्लो वर्षको १ अर्ब ७६ करोडबाट २९ प्रतिशतले घटेर १ अर्ब २४ करोड रुपैयाँमा झरेको छ । यद्यपि लगानीबाट हुने आम्दानीमा भने केही गिरावट आएको छ जुन अघिल्लो वर्ष २२ करोड ५७ लाख रहेकोमा यस वर्ष १४ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । अभिकर्ताहरूलाई दिइने कमिसन खर्च भने ६२ प्रतिशतले बढेर ११ करोड २९ लाख रुपैयाँ पुगेको देखिन्छ । कम्पनीको सोल्भेन्सी मार्जिन रेसियो २.७३ प्रतिशतमा स्थिर रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*