प्रभु बैंकमा अर्को काण्ड, ४८ करोड ऋण घोटालामा बैंक म्यानेजर नन्दराज पक्राउ

३१ श्रावण २०८३, आईतवार १०:०७

काठमाडौं । प्रभु बैंकमा एकपछि अर्को ऋण घोटाला काण्ड बाहिर आएको छ । एसियन भिलेज रिसोर्टका नाममा प्रवाह गरिएको करिब ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग काण्डमा यसअघि सो रिसोर्टका अध्यक्ष शशिधर शर्मालाई प्रक्राउ गरेको प्रहरीले गत बिहिबार प्रभु बैंकका म्यानेजर नन्दराज जोशी पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जोशीलाई शुक्रबार प्रभु बैंककै कार्यालयबाट पक्राउ गरेको हो । सिआइबीले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि स्वीकृत कर्जा प्रवाहमा गम्भीर कैफियत देखिएपछि बैंक म्यानेजर जोशीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जोशीलाई बिहीबार पक्राउ गरी अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको बुझिएको छ । उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको छ । सिआइबीको प्रारम्भिक अनुसन्धानअनुसार रिसोर्ट निर्माण र जग्गा खरिदका लागि लिइएको करिब ४८ करोड रुपैयाँ कर्जा रकम सोही प्रयोजनमा खर्च नगरी अन्यत्रै नै खर्च गरिएको भेटिएको छ । कसकसको संलग्नता छ भनेर थप अनुसन्धान भइरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*