बीमा अभिकर्ता कमिशनमा १६ अर्ब बढी खर्च, नेपाल नेशनल लाइफ अग्रस्थानमा, वृद्धिदरमा आइएमई अगाडि

जीवन बीमा कमपनीहरुले अघिल्लो बर्षको तुलनामा बीमा अभिकर्ता कमिशन खर्च १० प्रतिशतले वृद्धि गरेको छ ।
गत आर्थिक वर्ष मा जीवन बीमा कम्पनीहरुले अभिकर्ता कमिसनमा १६ अर्ब बढी खर्च गरेका छन्। अघिल्लो आर्थिक वर्षमा १४ अर्ब ८० करोडा रुपैयाँ अभिकर्ता कमिसन खर्च गरेको कम्पनीले यस अवधिसम्ममा १० प्रतिशतले कमीशन खर्च वृद्धि गरेर १६ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको कम्पनीहरुले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।
गत बर्ष सबैभन्दा धेरै बीमा कमीशन वितरण गर्ने कम्पनी नेपाल लाइफ रहेको छ। कम्पनीले गत आर्थिक वर्षमा नेपाल लाइफले ४ अर्ब १२ करोड रुपैयाँ कमीशन खर्च वितरण गरेको छ। कमिसन खर्च १२ प्रतिशतले कमीशन खर्च वृद्धि गरेको छ।

त्यस्तै, कमीशन खर्चे वृद्धिदरको आधारमा हेर्ने हो भने आइएमई लाइफ अगाडि रहेको छ।
कम्पनीले अघिल्लो बर्षको तुलनामा २७ प्रतिशतले कमीशन खर्च वृद्धि गरेर ६७ करोड अभिकर्ता कमीशन वितरण गरेको छ।
त्यस्तै, उत्कृष्ट व्यवसाय गर्ने नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) क्रमशः दोस्रो र तेस्रो अभिकर्ता कमीशन खर्च गर्ने कम्पनीमा पर्न सफल भएको छ।
त्यस्तै, सबैभन्दा कम अभिकर्ता कमीशनमा खर्च गर्ने कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी बनेको छ । कम्पनीको कमीशन खर्च अघिल्लो बर्षको तुलनामा १०.४९ प्रतिशतले वृद्धि भएको छ।











