बीमा प्राधिकरणको कोशी प्रदेश प्रमुखको जिम्मेवारी राजेन्द्र महर्जनलाई
१ भाद्र २०८३, सोमबार २०:५९

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेशको प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी राजेन्द्र महर्जनले पाएका छन् ।
महर्जनलाई प्राधिकरण प्रशासनले कोशी प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो ।

यसअघि कार्यालय प्रमुख रहेका प्रिति देवको सुरुवापछि कार्यालय प्रमुखको कुर्सी खाली रहेको थियो ।२०८३ भाद्र १ गते, सोमबार कोशी प्रदेश कार्यालयमा औपचारिक रुपमा महर्जनलाई स्वागत गरिएको छ ।
यसअघि महर्जनले कर्णाली प्रदेशमा समेत काम गरेको अनुभव रहेको छ ।











