नेपाल लाइफको अवार्ड कार्यक्रममा नाराबाजी, अभिकर्ताहरु पक्राउ

३ भाद्र २०८३, बुधबार १६:०२

काठमाडौं । नेपाल लाइफको अभिकर्ताको लिडरसिप एक्सीलेन्ट अवार्ड कार्यक्रममा अभिकर्ताहरुले विरोध जनाएका छन् । अभिकर्ताहरुले निरन्तर नाराबाजी गर्दै विरोध जनाएपछि प्रहरीले उक्त विवाद मिलाउन उपस्थित भएको थियो ।

कार्यक्रममा निरन्तर नाराबाजी गरेसँगै प्रहरीले अभिकर्ताहरुलाई प्रकाउ समेत गरेका छन् ।पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति, नेपाल लाइफ इन्स्योरेन्स च्याप्टरको अध्यक्षमा कृष्ण प्रसाद आचार्यलाई प्रहरीले प्रकाउ गरेको हो।पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति, नेपाल लाइफमा दुई अभिकर्ता संघहरु रहेका छन् । नेपाल लाइफले एक संघलाई मात्रै बिशेष प्राथमिकता दिएको अर्को संघलाई पक्षपात गरेको भन्दै कार्यक्रममा उक्त समूहले नाराबाजी गर्दै आफनो असन्तृष्टी व्यक्त गरेका थिए ।

कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने एजेन्सी तथा एजेन्सी म्यानेजर र कम्पनीका कर्मचारीको बाक्लो उपस्थिति रहेको कार्यक्रममा निरन्तर नाराबाजी गरेको भन्दै प्रहरीले नै नियन्त्रण गर्न बोलाइएको थियो । र केही अभिकर्ताहरुलाई प्रहरीले प्रकाउ समेत गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*