साल्ट ट्रेडिङ्ग कर्पाेरेशनको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको ५९औं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ।
कम्पनीको गत जेठ २९ गते शुक्रबारका दिन काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बसेको ५९औं वार्षिक साधारणसभाले चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले जेठ १३ गतेदेखि २९ गतेसम्म बूक क्लोज गरेकाले जेठ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूमा कुल ३ लाख ४ हजार ६८१.१०७२ कित्ता बोनस शेयर वितरण गरिएको थियो। सोही बोनस शेयर नेप्सेमा सूचीकरण भएको हो। नेप्सेमा सूचीकृत भएकाले डिम्याट खातामा बोनस शेयर प्राप्त गरेका शेयरधनीले कारोबार गर्न सक्नेछन्।









