शेयर बजारमा छायो हरीयाली, हाइड्रोपावरमा झुम्मिन थाले लगानीकर्ता

४ भाद्र २०८३, बिहीबार १५:०८

काठमाडौं । साताको अन्तिम कारोबारको अघिल्लो दिन शेयर बजारमा सुधार आएको छ । निरन्तर ओरालो लागिरहेको शेयर बजारले आज उकालो यात्रामा अघि बढेको छ। लगानीकर्ताहरुको निराशाकाबीच बजार बढेको बिषयलाई लिएर शेयर बिश्लेषहरु पनि बजार सकारात्मक दिशामा अघि बढ्ने संज्ञा दिन्छन् ।

आज शेयर बजार ७।१७ अंकले बढेर २६२९।४० को विन्दुमा कायम भएको छ। ३४५ सूचीकृत समूहको ९५ लाख कित्ता शेयर खरिद बिक्रि हुँदा ४ अर्ब ४० करोडको शेयर कारोबार भएको छ। आज ६ उपसूचकमा हरीयाली छाएको छ भने बाँकि राताम्मे भएको छ। हाईड्रोपावरको सकारात्मक नाफाको कारण आज लगानीकर्ताहरुको आकर्षण हाईड्रोपावरमा देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*