दुई कम्पनीको शेयरमा सर्किट, आज यी कम्पनीका लगानीकर्ता मालामाल !
४ भाद्र २०८३, बिहीबार १५:११

काठमाडौं आज बिहीबार नेप्से ७.१७ अंकले बढेसँगै ६ उपसूचकमा हरियाली छाएको छ भने सात उपसूचकमा रातो पोतिएको छ। आज सूचीकृत १३२ कम्पनीको शेयरमूल्य घट्दा १३२ कम्पनीकै शेयरमूल्य बढेको छ।
त्यसमध्ये माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वाेत्तम पेन्ट्स इन्डष्ट्रिजको शयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेको छ। त्यसपछि एनआईसी एशिया सेलेक्ट फण्ड ३०, माण्डु हाइड्रोपावर, सानिमा मिडल तमोर हाइड्रोपावर, सानिमा माई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, रिज लाइन इनर्जी लिमिटेड, मेगा म्युचुअल फण्ड १ र मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ।










