हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल नियुक्त

१४ भाद्र २०८३, आईतवार १४:२२

काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव बैकुण्ठ अर्याल नियुक्त भएका छन् ।

शनिबार बसेको बैंकको सञ्चालक समिति बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले यसअघिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको राजीनामा पनि स्वीकृत गरेको छ । श्रेष्ठको राजीनामा स्वीकृत भएसँगै अर्यालले बैंकको अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*