भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकको २ करोड ५१ लाख सहयोग
१४ भाद्र २०८३, आईतवार १५:३१

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि सिद्धार्थ बैंकले रु. २ करोड ५१ लाख आर्थिक सहयोग गरेको छ।
बैंकले बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो।









