रिलायबल नेपाल लाइफको वार्षिकोत्सवमा प्यारातालमा वृक्षारोपण तथा सरसफाइ

१६ भाद्र २०८३, मंगलवार ०७:५५

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ९औँ वार्षिकोत्सव सम्पन्न भई १०औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीको आईबीआरडी शाखाको आयोजनामा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

पुनर्वास नगरपालिका–९, प्यारातालस्थित पार्कमा आयोजित कार्यक्रममा स्थानीय क्षेत्रको हरियाली प्रवद्र्धन तथा वातावरण संरक्षण गर्ने उद्देश्यले वृक्षारोपणसँगै सरसफाइ गरिएको हो।

कार्यक्रममा प्याराताल युवा क्लबका पदाधिकारी, प्याराताल संरक्षण समितिका संयोजक, स्थानीय समाजसेवी, पुनर्वास नगरपालिका वडा नं. ९ का कार्यवाहक अध्यक्षलगायत स्थानीयको सहभागिता रहेको थियो। कार्यक्रममा रिलायबल नेपाल लाइफको आईबीआरडी शाखाका अभिकर्ताहरूको समेत उत्साहपूर्ण सहभागिता रहेको थियो।

कार्यक्रममार्फत प्याराताल क्षेत्रको संरक्षण, हरियाली विस्तार र स्वच्छ वातावरण निर्माणमा योगदान पुर्‍याउने प्रयास गरिएको शाखाले जनाएको छ। वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको कार्यक्रमले स्थानीयस्तरमा सरसफाइ र वृक्षारोपणप्रति थप जागरूकता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

शाखाले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने स्थानीयवासी, विभिन्न संघसंस्था, जनप्रतिनिधि तथा अभिकर्ताहरूप्रति आभार व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*