नेशनल लाइफका सञ्चालकद्वय सरस्वती अधिकारी र कुशल मल्ली बाहिरिए

१९ भाद्र २०८३, शुक्रबार १४:४२

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट दुईजना सञ्चालक बाहिरिएका छन्। सञ्चालक समितिबाट कुशल मल्ली र सरस्वती अधिकारी बाहिरिएका हुन्।

कम्पनीको संस्थापक शेयरधनी समूह तर्फको सञ्चालक कुशल मल्लीले आफ्नो व्यक्तिगत कारण देखाएर भदौ १५ गते राजीनामा बुझाएकोमा कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले राजीनामा स्वीकृत गरेको हो।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट सञ्चालकको रूपमा नियुक्त बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले सेवाबाट अनिवार्य अवकाश प्राप्त गरेसँगै सञ्चालकबाट बाहिरिएकी हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*