तीजको दिन घट्यो सुनचाँदीको मूल्य, अब प्रतितोला कति ?
२९ भाद्र २०८३, सोमबार १०:४७

काठमाडौँ । आज हरितालिका तीजको दिन सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार २०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ५८ हजार ६० रुपैयाँ तोकिएको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेर प्रतितोला चार हजार ६२० रुपैयाँमा कारोबार भइरहेको हो ।










