रिलायबल नेपाल लाइफद्वारा क्यान्सर उपचारका लागि ३ लाख ६४ हजार रुपैयाँ दाबी भुक्तानी

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बापतको बिमा दाबी रकम भुक्तानी गरेको छ। कम्पनीको धनगढी शाखाले धनगढी निवासी बीमित उमेश कुमार चटौतलाई क्यान्सर रोगको उपचार सहयोगबापत ३ लाख ६४ हजार ५०३ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो।
बीमालेख अन्तर्गत घातक रोग सुविधा बापतको सो रकम कम्पनीको धनगढी शाखा कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो।
उक्त कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख चन्द्र बहादुर बिष्ट, शाखा प्रमुख बिक्रम सिंह बोगटी,वरिष्ठ एजेन्सी म्यानेजर थानेश्वर प्रसाद भट्ट, ऐजेन्सी म्यानेजर पुष्कर बिष्ट लगायत शाखाका कर्मचारीहरू र एजेन्सीहरूको उपस्थिति रहेको थियो।
दाबी भुक्तानी कार्यक्रममा बोल्दै प्रदेश प्रमुख चन्द्र बहादुर बिष्टले जीवनमा आइपर्ने अप्रत्यासित स्वास्थ्य जोखिम र आर्थिक भारबाट जोगिन बिमा अति आवश्यक रहेको बताए । रोगको कठिन समयमा बीमितलाई समयमै दाबी भुक्तानी दिएर राहत पुर्याउन पाउँदा कम्पनीले आफ्नो सामाजिक र व्यावसायिक दायित्व पूरा गरेको उनको भनाइ थियो।
बीमित चटौतले कठिन परिस्थितिमा कम्पनीबाट प्राप्त भएको त्वरित सहयोगले उपचारमा ठूलो राहत मिलेको भन्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सप्रति आभार व्यक्त गरे । रिलायबल नेपाल लाइफले देशभरका आफ्ना शाखामार्फत छिटो छरितो र सहज रूपमा दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउँदै आएको छ।










