रिलायबल नेपाल लाइफद्वारा पूर्ण अशक्तता दाबीबापत ४ लाख भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको लमजुङ शाखाले पूर्ण अशक्तता सुविधाअन्तर्गत एक बीमितलाई ४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।
लमजुङ शाखामार्फत जीवन बीमा गराएका स्थानीय बीमित टेकबहादुर गुरुङलाई कम्पनीले पूर्ण अशक्तता दाबीबापत ४ लाख रुपैयाँ भुक्तानी गरेको हो।
गुरुङले विसं २०७९ मा रिलायबल नेपाल लाइफको लमजुङ शाखामार्फत ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस’ योजनाअन्तर्गत १६ वर्षे अवधिका लागि ४ लाख रुपैयाँ बीमाङ्कको जीवन बीमा गराएका थिए।
बीमा गरेपछि गुरुङलाई अचानक प्यारालाइसिस भएको थियो। स्वास्थ्य अवस्था तथा चिकित्सकीय प्रतिवेदनका आधारमा पूर्ण अशक्तता सुविधा प्राप्त गर्ने मापदण्ड पूरा भएको पुष्टि भएपछि कम्पनीले दाबीबापतको रकम भुक्तानी गरेको जनाएको छ।
कम्पनीका अनुसार पूर्ण अशक्तता सुविधा प्राप्त गरेपछि गुरुङले बाँकी बीमा अवधिको ४ लाख रुपैयाँ बराबरको बीमा शुल्क ९प्रिमियम० समेत तिर्नुपर्ने छैन। अर्थात् आगामी अवधिका लागि तोकिएको प्रिमियममा छुट सुविधा प्राप्त हुनेछ।
रिलायबल नेपाल लाइफले बीमालेखमा समावेश सुविधाअनुसार दाबी भुक्तानी गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार अशक्तता, दुर्घटना तथा अन्य जोखिमका समयमा बीमितलाई आर्थिक सुरक्षा प्रदान गर्नु जीवन बीमाको प्रमुख उद्देश्य हो।











