निफ्राको आठौँ वार्षिक साधारण सभा सम्पन्न, ५.२६३२ प्रतिशत नगद लाभांश पारित

२५ आश्विन २०८३, आईतवार १२:१६

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आठौँ वार्षिक साधारण सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न भएको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष महेश प्रसाद दहालको अध्यक्षतामा सम्पन्न उक्त सभामा बैंक सञ्चालक समितिका सदस्यहरु बन्धु प्रसाद बाँस्तोला, सुरेन्द«राज रेग्मी, दिपक कुमार अग्रवाल, विशाल उप्रेती, डा मनिष थापा र अनिता रायमाझी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी लगायत शेयरधनीहरु तथा सम्बन्धित पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

उक्त सभालाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष महेश प्रसाद दहालले बैंकले समिक्षा अवधि सम्म हासिल गरेका उपलब्धिहरु, चालु आ.व.को लागि तय गरिएका योजना तथा लक्ष्यहरु एवं भावी रणनीति बारे शेयरधनीहरुलाई जानकारी गराए ।

उक्त सभाले बैंकको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश लगायत सभामा प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

शेयरधनीहरुको उल्लेख्य उपस्थिति रहेको आजको साधारण सभामा शेयरधनी महानुभावहरुले बैंकको व्यवसायिक गतिविधिमा केन्द्रित भई लगानीकर्ताको प्रतिफललाई बढोत्तरी गर्ने लगायत आगामी दिनहरुमा बैंक भित्र संस्थागत सुशासन, पारदर्शिता तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्दै बैंकलाई सबल वित्तीय संस्थाको रुपमा स्थापित गर्दै लैजानुपर्नेमा विशेष जोड दिदै अ–आफ्ना भनाई/सुझावहरु राखेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*