जीवन बीमकको नवीकरण बीमाशुल्क साढे १३ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?

२५ आश्विन २०८३, आईतवार १४:०७

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरुको नवीकरण बीमाशुल्क आर्जन गत आवको भदौ मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा १३.४६ प्रतिशतले वृद्धि भएको छ।

चालू आवको दुई महीनामा कम्पनीहरुले ३२ अर्ब ५७ करोड ३१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। गत आवको सोही अवधिसम्म कम्पनीहरुले २८ अर्ब ७० करोड ८५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका थिए। कम्पनीहरुले जारी गरेको बीमालेख नवीकरण गरी उक्त रुपैयाँ आर्जन गरेका हुन् ।

सबैभन्दा धेरै नेपाल लाइफले ८ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब १४ करोड ४८ लाख रुपैयाँ, नेशनल लाइफले ३ अर्ब ७१ करोड ४६ लाख रुपैयाँ, हिमालयन लाइफले ३ अर्ब १३ करोड ४६ लाख रुपैयाँ, सूर्र्यज्योति लाइफले १ अर्ब ८७ करोड ४० लाख रुपैयाँ र एशियन लाइफले १ अर्ब ४३ करोड २० लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्।

त्यसपछि सिटिजन लाइफले १ अर्ब १७ करोड २२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब १२ करोड ४६ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ४ करोड ८० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ९३ करोड ६९ लाख रुपैयाँ, मेट लाइफले ८९ करोड ३० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ८६ करोड ८६ लाख रुपैयाँ र सन नेपाल लाइफले ५७ करोड १२ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*