लघुबीमा व्यवसाय २५.९२ प्रतिशतले बढ्यो, दुई महिनामै १९ करोड ७० लाख बीमाशुल्क

२५ आश्विन २०८३, आईतवार १५:१०

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को २ महिनामा जीवन लघुबीमा कम्पनीहरुले १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणको तथ्याङ्गका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा हाल संचालनका रहेका लघुबीमाहरुले १९ करोड ७० लाख रुपैयाँको ब्यवसाय गरेका हुन् ।

कम्पनीले आर्जन गरेको उक्त ब्यवसाय गत आर्थिक वर्ष २०८२।०८३ को सोहि अवधिको तुलनामा २५.९२ प्रतिशतले बढेको हो । गत वर्ष साउन र भदौमा कम्पनीहरुले १५ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

यस अवधिमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्न कम्पनीका गार्डियन माइक्रो लाइफ रहेको छ । २ महिनामा कम्पनीले ७ करोड ७६ लाख रुपैयाँको ब्यवसाय गरेको हो ।

त्यस्तै, क्रेष्ट माइक्रो लाइफले ५ करोड १५ लाख र लिबर्टी माइक्रो लाइफले ६ करोड ७८ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*