लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

१२ कार्तिक २०८३, बिहीबार १०:११

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको कुल प्रस्तावित लाभांश ५.२६ प्रतिशत रहेको छ।

बैंकको कात्तिक बुधबार अपराह्न ४ बजे बसेको ३३१औं सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावअनुसार बैंकले ५ प्रतिशतका दरले १ करोड ३३ लाख ९० हजार ५८१.७३ कित्ता बोनस शेयर वितरण गर्नेछ। त्यस्तै बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२६ प्रतिशत बराबरको ६ करोड ९६ लाख ३१ हजार २५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ। त्यसपछि मात्रै शेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*