मधेशमा मृगौला उपचार केन्द्र बनाउने प्रक्रिया अघि बढ्यो
१३ कार्तिक २०८३, शुक्रबार ११:२७

काठमाडौं । मधेश प्रदेशमा मृगौला उपचार केन्द्र स्थापना गर्न सरकारले प्रक्रिया अघि बढाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरमा केन्द्र निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गर्न शहरी विकास तथा भवन निर्माण विभागलाई पत्राचार गरेको हो।
चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत बजेट तथा कार्यक्रमअन्तर्गत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमबाट केन्द्र निर्माणका लागि २५ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ।
मन्त्रालयको नीति, योजना तथा अनुसन्धान महाशाखाअन्तर्गतको नीति, योजना तथा बजेट शाखाले विभागलाई पत्र पठाउँदै प्रतिष्ठानको परिसरमा केन्द्र निर्माणसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो।











