आवेदक र प्रतिस्पर्धी सार्वजनिक नगरी बीमा प्राधिकरणमा अध्यक्ष नियुक्त
१८ कार्तिक २०८३, बुधबार २१:४३

काठमाडौं । सरकारले कुल आवेदक र सिफारिस समितिले सिफारिस गरेका उत्कृष्ट तीन जनाको नाम समेत सार्वजनिक नगरी गोप्य रुपमा मन्त्रिपरिषदको बैठकबाट बीमा प्राधिरणमा अध्यक्ष नियुक्ती गरेको छ ।
२०८३ जेठ १३ गते सूचना प्रकाशित गरी बीमा प्राधिकरणमा अध्यक्षका लागि आवेदन माग गरेकोमा उक्त आवेदनहरुको अवस्थाबाट कुनै पनि सार्वजनिक सूचना नदिई आज सिधै अध्यक्ष नियुक्त गरेको हो ।
बीमा प्राधिकरणको अध्यक्ष नियुक्तीका लागि बीमा ऐन २०७९ र अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीह एवम् सदस्यहरुको नियुक्ती सम्बन्धी मापदण्ड बमोजिम अध्यक्ष नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था छ ।
*सम्पादन गरिएको सामग्री ।











