नेपाल माइक्रो इन्स्योरेन्सद्वारा २१ दिनभित्र बीमा दाबीका कागजात पेस गर्न आग्रह

१९ कार्तिक २०८३, बिहीबार ०८:१५

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले लामो समयदेखि भुक्तानी प्रक्रियामा रहेका बीमा दाबी फर्छ्योट गर्न बीमितलाई आग्रह गरेको छ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कम्पनीमा दर्ता भएका तर आवश्यक कागजात पूरा नभएका बीमा दाबीका सम्बन्धमा सूचना जारी गरेको हो। कम्पनीका अनुसार कतिपय बीमितले आवश्यक कागजात पेस नगरेका तथा कम्पनी वा सर्भेयरको सम्पर्कमा नआएका कारण दाबी भुक्तानी प्रक्रिया अघि बढ्न सकेको छैन।

कम्पनीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दाबीसँग सम्बन्धित सम्पूर्ण आवश्यक कागजातसहित सम्बन्धित शाखा कार्यालय वा सर्भेयरको सम्पर्कमा आउन आग्रह गरेको छ।

तोकिएको समयभित्र आवश्यक कागजात पेस गरी सम्पर्कमा नआएका बीमा दाबीका फाइल नियमानुसार बन्द गरिने कम्पनीले स्पष्ट पारेको छ।

दाबी भुक्तानी प्रक्रिया अघि बढाउन बीमितले कम्पनीको सम्बन्धित शाखा, प्रदेश कार्यालय वा प्रधान कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*