अपी पावरको लाभांश घोषणा, बोनस र नगद कति?

१९ कार्तिक २०८३, बिहीबार ०८:५५

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२÷८३ को नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको कात्तिक १८ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव आगामी वार्षिक साधारणसभामा पेस गर्ने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजी ६ अर्ब ३७ करोड ९७ लाख २४ हजार १९९ रुपैयाँको ५ प्रतिशतले हुन आउने ३१ करोड ८९ लाख ८६ हजार २०९ रुपैयाँ ९५ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै कर प्रयोजनका लागि ०.२६३२ प्रतिशतले हुन आउने १ करोड ६७ लाख ८८ हजार ७४७ रुपैयाँ ८९ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। लाभांश सञ्चालक समितिबाट प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*