राष्ट्रगुरु योगी नरहरिनाथको नाममा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गरिने

१९ कार्तिक २०८३, बिहीबार १५:२६

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका संस्थापक तथा मौलिक ज्ञानका अन्वेषक राष्ट्रगुरु योगी नरहरिनाथको नाममा ‘राष्ट्रगुरु योगी नरहरिनाथ अनुसन्धान तथा नवप्रवर्तन केन्द्र’ स्थापना गरिने भएको छ।

नेपाल संस्कृत विश्वविद्यालयको सिनेट बैठकले योगी नरहरिनाथको नाममा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने प्रस्तावलाई औपचारिक रूपमा अघि बढाउने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्रालयले जानकारी दिएको छ।

नेपालको मौलिक इतिहास, संस्कृत वाङ्मय, दर्शन तथा परम्परागत ज्ञानको वैज्ञानिक अध्ययन र अनुसन्धानलाई थप व्यवस्थित बनाउने उद्देश्यले केन्द्र स्थापना गर्न लागिएको हो। समयअनुसार अनुसन्धानका विधि र प्रविधिलाई समेत प्रयोग गर्दै नेपालको मौलिक ज्ञान, संस्कृति र ऐतिहासिक सम्पदाको खोज तथा संरक्षणमा केन्द्रित हुने मन्त्रालयले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*