सेयर बजारमा इन्ट्राडे ट्रेडिङको बाटो खुल्दैः अन्तरदिवसीय धितोपत्र कारोबार नियमावलीको मस्यौदा तयार

काठमाडौँ । नेपाली पुँजी बजारमा लामो समयदेखि पर्खाइमा रहेको अन्तरदिवसीय ९इन्ट्राडे० सेयर कारोबारलाई कानुनी दायरामा ल्याउन नेपाल धितोपत्र बोर्ड ९सेबोन० ले गृहकार्य तीव्र पारेको छ। बोर्डले अन्तरदिवसीय धितोपत्र कारोबार सम्बन्धी नियमावली, २०८३ु को प्रारम्भिक मस्यौदा तयार गरी सार्वजनिक गरेको हो।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ को अधिकार प्रयोग गर्दै नेपाल सरकारको स्वीकृतिमा यो नियमावली कार्यान्वयनमा ल्याउन लागिएको हो। यो व्यवस्था लागू भएपछि लगानीकर्ताले एकै कारोबार दिनभित्र सेयर खरिद–बिक्री गरी सोही दिनभित्रै आफ्नो कारोबार स्थिति समापन ९स्क्वायर अफ० गर्न पाउनेछन्।
ब्रोकरलाई न्यूनतम २० करोड चुक्ता पुँजी अनिवार्य
प्रारम्भिक मस्यौदा अनुसार इन्ट्राडे धितोपत्र कारोबार सेवा प्रदान गर्न चाहने धितोपत्र व्यवसायी ९ब्रोकर तथा धितोपत्र व्यापारी० का लागि कडा मापदण्ड तोकिएको छ। यो सेवा प्रदान गर्न ब्रोकर कम्पनीको न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरिएको छ। यसका साथै कम्पनीको नेटवर्थ चुक्ता पुँजीभन्दा बढी हुनुपर्ने, वास्तविक समय जोखिम व्यवस्थापन प्रणाली ९च्ःक्० सञ्चालनमा रहेको हुनुपर्ने र दक्ष जोखिम व्यवस्थापन अधिकारी नियुक्त गरेको हुनुपर्ने सर्त राखिएको छ।
कस्ता सेयरमा मात्र गर्न पाइनेछ इन्ट्राडे कारोबार ?
बोर्डका अनुसार बजारमा सूचीकृत सबै सेयरमा इन्ट्राडे कारोबार गर्न पाइने छैन। यसका लागि धितोपत्र बजारले समय–समयमा ुयोग्य धितोपत्रु को सूची प्रकाशित गर्नेछ। योग्य धितोपत्र निर्धारण गर्दा देहायका सूचकलाई आधार मानिनेछस्
धितोपत्रको तरलता र दैनिक कारोबार परिमाण
कारोबारयोग्य ९फ्रि फ्लोट० सेयरको संख्या
मूल्य अस्थिरता र बजार पूँजीकरण
संगठित संस्थाको संस्थागत सुशासन र वित्तीय अवस्था
मार्जिन र अटो स्क्वायर–अफु को कडा नियम
नियमावलीले लगानीकर्ता र बजारको जोखिम न्यूनीकरणका लागि ुमार्जिन व्यवस्थापनु लाई अनिवार्य बनाएको छ। लगानीकर्ताले कारोबार गर्नु अघि ब्रोकरकहाँ तोकिएको प्रारम्भिक मार्जिन (रकम वा स्वीकृत धितो) राख्नुपर्नेछ।
यदि कुनै लगानीकर्ताले तोकिएको समयभित्र आफ्नो खुला अवस्था ९ओपन पोजिसन० आफैं बन्द नगरेमा, ब्रोकरको स्वचालित प्रणालीले ुस्वतः बन्दु ९ब्गतय क्त्रगबचभ(याा० गरिदिनेछ। यसरी स्वतः बन्द गर्दा उत्पन्न हुने नाफा, नोक्सानी, शुल्क वा अन्य वित्तीय दायित्व सम्बन्धित ग्राहक स्वयंले व्यहोर्नुपर्ने व्यवस्था मस्यौदामा उल्लेख छ।
लगानीकर्ता उपयुक्तता परीक्षण फाराम
बजारमा आउन सक्ने जोखिमबाट सर्वसाधारण लगानीकर्तालाई जोगाउन ब्रोकरले ग्राहकको पहिचान, वित्तीय क्षमता र जोखिम वहन क्षमताको मूल्याङ्कन गरेर मात्र यो सुविधा दिनुपर्नेछ। यसका लागि लगानीकर्ताले ग्राहक उपयुक्तता मूल्याङ्कन फारामु (अनुसूची–१) भर्नुपर्नेछ, जसका आधारमा ब्रोकरले ग्राहकलाई न्यून, मध्यम वा उच्च जोखिम वर्गमा वर्गीकरण गर्नेछन्।
नियमन र बजार निगरानी
इन्ट्राडे कारोबारलाई पारदर्शी बनाउन धितोपत्र बजार ९नेप्से० र सीडीएस एन्ड क्लियरिङ ९ऋम्क्ऋ० को प्रणालीलाई एकीकृत गरिनेछ। नेप्सेले अस्वाभाविक मूल्य परिवर्तन र बजार दुरुपयोग रोक्न वास्तविक समयमा बजार निगरानी गर्ने प्रणाली सञ्चालन गर्नुपर्नेछ।
धितोपत्र बोर्डले बजारको स्थायित्व र सार्वजनिक हितलाई ध्यानमा राख्दै प्रारम्भिक चरणमा निश्चित धितोपत्र वा निश्चित वर्गका लगानीकर्ताका लागि मात्र यो नियमावली चरणबद्ध रूपमा ९फेज–वाइज० लागू गर्न सक्ने संक्रमणकालीन व्यवस्था समेत मस्यौदामा राखेको छ।











