नापजाँच सकिएको १३ वर्षपछि कपिलवस्तुमा लालपुर्जा वितरण

२० कार्तिक २०८३, शुक्रबार १४:३७

काठमाडौं । नापजाँच सकिएको १३ वर्षपछि कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १, ७ र ९ का २६१ परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

उक्त क्षेत्रको नापजाँच कार्य २०७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण हुन सकेको थिएन। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै अहिले जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*