सवा ३ लाखलाई ग्रीनलाइफ हाइड्रोपावरको १० कित्ता आइपीओ

७ फाल्गुन २०७७, शुक्रबार १५:१२

 

काठमाडौं । केही समय अघि आइपीओ निष्काशन गरेको ग्रीनलाइफ हाइड्रोपावरले आज आइपीओ बाँडफाँड गरेको छ । सर्वसाधारणमा बिक्री गरेको हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँड भएको हो ।

सर्वसाधारणमा बिक्री गरेको आइपीओ कम्पनीको कार्यालयमा बाँडफाँड गरिएको बिक्री प्रबन्धक बिओके क्यापिटलले जनाएको छ ।

क्यापिटलले आवेदन दिएका कुल लगानीकर्तामध्ये ३ लाख २५ हजार १६५ जनालाई प्रतिव्यक्ति १० कित्ताका दरले बाँडफाँट गरिएको बताएको छ भने सो बाँडफाँडपश्चात बाँकी रहेको २ कित्ता शेयर प्रतिव्यक्ति १ कित्ताका दरले भाग्यमानी दुई लगानीकर्तामा बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।

अर्थात, ३ लाख २५ हजार १६३ जना आवेदकले १० कित्ता पाएका छन् भने २ जनाले ११ कित्ता पाएका छन् ।
हाइड्रोपावरको आइपीओमा १३ लाख २२ हजार ९७१ जना आवेदकबाट २ करोड २६ लाख ९१ हजार ४९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो । कम्पनीले बिक्रीमा ल्याएको आइपीओको यो ६.९८ गुणा धेरै हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*