बीमा समितिद्धारा बीमा कम्पनीहरुमा एनएफआरएस प्रणाली लागू गर्न निर्देशन

१० फाल्गुन २०७७, सोमबार ११:११

काठमाडौं ।  बीमा समितिद्धारा जीवन बीमा कम्पनीहरुलाई एनएफआरएस प्रणाली लागू गर्न निर्देशन दिएको छ ।

बीमा समितिले कम्पनीहरुलाई सर्कुलर जारी गर्दै एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको हो ।

समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूलाइ एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७ जारी जारी गर्दै त्यस अनुसार जीवन बीमा कम्पनीहरुले आफ्नो वित्तीय विवरण प्रकाशित गर्नुपर्ने बीमा समितिले जनाएको छ ।

समितिले पुनर्बीमा कम्पनी र निर्जीबन बीमा व्यवसाय गर्ने कम्पनीहरुलाई एनएफआरएसमा आधारित वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*