पुनर्बीमा कम्पनीको ऐतिहासिकता, महत्व र चुनौति

डा. रविन्द्र घिमिरे
१६ असार २०७९, बिहीबार १२:३७

पुनर्बीमा कम्पनीको इतिहास हेर्ने हो भने निकै रमाइला तथ्यहरु पाउछौं । हरेक पुनर्बीमा कम्पनीको स्थापना हुनुमा कुनै न कुनै ऐतिहासिक कारणहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाध्यता बिद्यमान रहेको छ ।

बीमा व्यवसायको अभ्यास भएको लामो समयसम्म पनि पुनर्बीमाको धारणा जन्मिसकेको थिएन । जब बीमा ब्यवसायमा बृद्धि हुंदै गयो, सानो पुँजीका बीमा कम्पनीहरुले धेरै जोखिमयुक्त व्यवसायहरु लिन थाले क्रमशः उनीहरु बीच आपसमा जोखिम हस्तान्तरण गर्नका लागि अर्को बीमा कम्पनीसंग सहकार्य गर्न हुन थाल्यो ।

आज पनि कतिपय जोखिमहरु एक भन्दा बढी बीमा कम्पनीको सहकार्यमा बितरण (Diversify) गर्ने काम भइरहेकै छ । सन् १८४६ अप्रिल ८ मा जर्मनीमा कोलोग्ने रि (Cologne Re)  नामको स्वतन्त्र र व्यवसायिक बीमा कम्पनीको स्थापना भए पछि पुनर्बीमाको इतिहास शूरु भएको पाउंछौं । यो कम्पनीले सन् १८५२ मा पहिलो पुनर्बीमा ट्रिटी जारी गरेको थियो ।

हाल (सन् २००३ पछि) यो कम्पनी बार्कशायर हाथवे समूहसंग आबद्ध भई (न्भल च्भ० को नामबाट चिनिन्छ । बेलायतमा सन् १६६६ को भयानक आगलागी भएको अर्को वर्ष जर्मनीका बीमा कम्पनीहरुले आगलागी क्षतिपूर्ति कोषको स्थापना गरे । सन् १८४२ मा जर्मनीको हामबर्ग शहरमा २०,००० घरहरु जलेर खरानी भए ।

आगलागी क्षतिपूर्तिकोषले उक्त आगलागीको क्षतिपूर्ति दिन नसके पछि बीमा कम्पनीहरुमा निकै लज्जाबोध भयो। यसै सेरोफेरोमा जेन री  नामक पुनर्बीमा कम्पनीको स्थापना भएको थियो । त्यसपछि जर्मनीमा पुनर्बीमा कम्पनीहरुको स्थापना गर्ने लहर नै चल्यो र सन् १८७० र १८७१ मा मात्रै १३ कम्पनी स्थापना भए ।

ती सबै कम्पनी सन् १८८० मा आइपुग्दा नपुग्दै बन्द पनि भए । आज विश्वकै नामूद स्वीस रिइन्सुरेन्सको नामबाट चिनिने कम्पनी क्धष्कक च्भ को स्थापना सन् १८६१ मा स्वीजरल्याण्डको ग्लारसमा भएको डरलाग्दो आगलागी पश्चात् हेलभेटिया जनरल इन्सुरेन्स, क्रेडिट सुइस, बसलेर हाण्डेलब्यांक जस्ता संस्थाहरु मिलेर सन् १८६३ मा भएको थियो। यस अगाडी बीमा कम्पनीहरुले आपसमा मिलेर पुनर्बीमा कम्पनीको काम गर्दै आएको थिए । यसर्थ पनि स्वीस रिको स्थापना बीमाको इतिहासमा बिशिष्ट घटनाको रुपमा लिन सकिन्छ ।

कार्ल थिमको अगुवाईमा सन् १८८० मा म्युनिख रिको स्थापना भयो । पुनर्बीमा कम्पनीको सम्बन्धमा कार्ल थिमका केही मान्यताहरु थिए जस्तो किः पुनर्बीमा कम्पनी बीमा कम्पनीबाट स्वतन्त्र हुनु पर्दछ, जोखिमलाई सकेसम्म ब्यापक रुपमा बितरण गर्नु पर्दछ, आफ्ना ब्यवसायिक पार्टनरहरुसंगको घनिष्ठतापूर्वक सहकार्य गर्नुपर्दछ र नवीनतम् सोंच लिएर नयां नयां प्रोडक्ट्स सहित काम गर्नु पर्दछ ।

सन् १८६७ मा बेलायतमा पुनर्बीमा कम्पनी लि. को नाममा पहिलो कम्पनी स्थापना भएता पनि सो भन्दा धेरै पहिले देखिनै (सन् १६८८) बीमा कम्पनी र लोएड्स सिन्डिकेटले पुनर्बीमाको काम गर्देै आएका थिए । अमेरिकमा सन् १८१३ मा पहिलो पुनर्बीमा ट्रिटी भएको थियो । सन् १९५६ मा भारत सरकारको पूर्ण स्वामित्वमा पुनर्बीमा कम्पनीको रुपमा इण्डियन इन्सुरेन्स कर्पोरेशन स्थापना भयो, सन् १९७२ मा जनरल इन्सुरेन्सको सुपरिवेक्षण समेत गर्ने गरी यसलाई अधिकार दिइयो र नाम पविर्तन गरी (General Insurance Corporation)बनाइयो ।

हाल यो कम्पनीको हैसियत विश्वमा बाह्रौं र एशियामा तेश्रो स्थानमा रहेको छ । बंगलादेशमा सन् १९७३ मा साधारण बीमा कर्पोरेशन स्थापिना भई पुनर्बीमा गर्ने अधिकार दिइयो । यस कम्पनीलाई ५० प्रतिशत म्ष्चभअत ऋभककष्यल को अधिकार प्राप्त छ । पाकिस्तानमा सन् १९५२ मा स्थापना भएको पाकिस्तान इन्सुरेन्स कर्पोरेशनलाई सन् २००० बाट पुनर्बीमा सम्बन्धी कार्य गर्ने गरी जिम्मेवारी दिइयो ।

सरकारको लगानीमा स्थापित यो संस्थाले सबै बीमा पुलहरुको ब्यवस्थापन गर्दै आएको छ । चीनमा सन् १९४९ स्थापना भएको पिपुल्स इन्सुरेन्स कम्पनी अफ चाइनालाई सन् १९९६ मा पुनर्बीमा व्यवसाय गर्ने गरी चाइना रिमा परिणत गरियो । नेपालको पुनर्बीमा इतिहास धेरै छोटो छ । सन् २००३ मा सरकार र नीजि क्षेत्रको सहभागितामा आकस्मिक बीमा कोषको स्थापना भई उक्त कोष सरकारको निर्णयबाट सन् २०१४ मा नेपाल पुनर्बीमा कम्पनीमा परिणत भयो ।

सन् २०२१ मा नीजि क्षेत्रको सहभागितामा हिमालयन रिको स्थापना पश्चात दूई पुनर्बीमा कम्पनी नेपालमा कार्यरत छन्। नेपालको पुनर्बीमाको आन्तरिक बजार अधिकतम रु. १५ अर्ब जति छ भने नेपालका पुनर्बीमा कम्पनीहरुले आफ्नो क्षमताले भ्याएसम्म बैदेशिक बजारबाट व्यवसाय भित्राउन पाउनछन् । सन् २०२१ म आइपुग्दा पुनर्बीमा बजारले झण्डै २८० अर्ब डलर प्रिमियम आर्जन गरेको थियो भने सन् २०२८ मा ३१५ अर्ब डलर प्रिमियम आर्जन गर्ने अनुमान गरिएको छ ।

२. पुनर्बीमा कम्पनीको योगदान बीमा कम्पनीको व्यवसायको पनि बीमा गर्ने निकाय हो पुनर्बीमा । पुनर्बीमा कम्पनी वा पुनर्बीमा ब्यवस्था व्यवसायिक बीमा बजारको आधारशिला हो । बीमा कम्पनीहरुले जति जोखिम स्विकार गर्दछन् त्यो सबै जोखिम आफैंसंग राख्नु पर्ने बाध्यता भएको भए बीमा कम्पनीहरुसंग २ बिकल्प हुने थिए । उनीहरुले या त अत्यन्तै कम जोखिम बहन गर्ने थिए वा या त धेरै जोखिम बहन गरेको अवस्थामा क्षतिको भुक्तानी गर्ने क्षमता नहुंदा बिघटन हुने थिए ।

जोखिम हस्तान्तरणको अवसर प्राप्त भएकोले नै बीमा कम्पनीहरुले आफ्नो पूंजी भन्दा सयौं गुणा बढी जोखिम स्वीकार गर्न संभव भएको हो । जति धेरै जोखिम स्वीकार गर्न सक्यो, उती नै धेरै प्रिमियम संभव हुन्छ, र उति नै धेरै मुनाफा पनि कमाउन सकिन्छ ।

पुनर्बीमाको मुख्य उद्देश्य जोखिमको बांडफांड गर्ने र बीमा कम्पनीको क्षमता भन्दा बढीको जोखिमको क्षतिपूर्ति गर्ने भएता पनि यसले बीमा ब्यवसायलाई धेरै तरीकाबाट योगदान पु¥याउंदै आएको छ ।

पुनर्बीमाका केही मुख्य योगदानलाई थप ब्याख्या नगरी बुंदागत रुपमा प्रस्तुत गरिएको छ । पुनर्बीमाले बीमा कम्पनीको आम्दानीमा आउने उतार चढावलाई नियन्त्रण गर्दछ, बीमा कम्पनीहरुलाई आवश्यक पर्ने प्राविधिक सहयोग उपलब्ध गराउंदछ, बीमा कम्पनीहरुलाई आफ्नो पूंजी भन्दा धेरै ब्यवसाय (जोखिम) लिनको लागि उत्प्रेरित गर्दछ, वा सघाउंदछ । यसै गरी जोखिमको स्तर पत्ता लगाई सोही अनुसारको निर्णय गर्न सकुन् भन्ने उद्देश्यका साथ जोखिमांकनको गुणस्तरमा बृद्धि गर्नका लागि बीमा कम्पनीहरुलाई मार्ग दर्शन गर्दछ ।

बीमा कम्पनीहरुको नाफामा बृद्धि गर्न सहयोग गर्दछ, कम पंूजी लगानीमा ब्यवसाय संचालनको अवसर दिन्छ, विश्वभरीकै महत्वपूर्ण जानकारीहरु उपलब्ध गराउंदछ, निःशूल्क रुपमा आवश्यक परामर्श उपलब्ध गराउंदछ, बीमा कम्पनीहरु संकटग्रस्त भएको अवस्थामा पुनर्बीमाले बिशेषखालको सहयोग गर्दछ ।

यस बाहेक बीमा कम्पनीहरुलाई आवश्यक प्रविधि, ज्ञान र सीपको हस्तान्तरण गर्दछ । बीमाको जोखिमलाई कुनै एक क्षेत्रमा मात्रै केन्द्रित नगरी बिश्वभरीनै छरिदिन्छ ताकी कुनै खास क्षेत्रका बीमा कम्पनीहरुले मात्रै जोखिमको भार बहन गर्न नपरोस्। पुनर्बीमाले अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दछ किनकी यसको भूमिका, क्षेत्राधिकार, र कार्यशैली बिश्वस्तरको हुन्छ । पुनर्बीमा कम्पनीका ब्यवसायिक सहयात्रीहरुबाट पनि धेरै कुराहरु सिकेका हुन्छन् र त्यो सीप र ज्ञान अन्य बीमा कम्पनीहरुलाई सिकाउने काम गर्दछन् ।

३. पुनर्बीमा कम्पनीका अवसर र चुनौतीहरु बीमा उद्योगको बिकास र प्रबद्र्धनको जिम्मेवारी बीमा कम्पनी र बीमा नियमनकारी निकायहरुको कांधमा छ । तर त्यो भन्दा बढी जिम्मेवारी पुनर्बीमा कम्पनीहरुको कांधमा छ किनकी पुनर्बीमा कम्पनीहरुले सही ढंगबाट जोखिको हस्तान्तरण नगर्ने हो भने, सही प्राविधिक सल्लाह नदिने हो भने, सही सूचना र जानकारी नदिने हो भने तथा क्षतिको भुक्तानी उपलब्ध नगराउने हो भने बीमा उद्योग प्रति आम जनतको धारणा नै नकारात्मक हुनेछ र अन्ततः बीमा ब्यवसायको अस्तित्व नै समाप्त हुनेछ । पुनर्बीमाको मूख्य बजार नीर्जिवन बीमा हो ।

औद्योगिकीकरणको बिकास, कृषि बीमामा बढ्दो आकर्षण बिकासशिल र बिकासित देशहरुमा सम्पत्ति र इन्जिनियरिगंका क्षेत्रमा भएको बिकासले गर्दा पुनर्बीमाको बजार फैलदै गएको छ । साइबर क्राइम जस्ता नयां जोखिमहरुको बीमा बजार ठूलो छ भने डिजिटल बीमाको कारण पनि बजार बिस्तार हुंदै गइरहेको छ ।

वर्तमान अवस्थामा पुनर्बीमा कम्पनीको चुनौतीहरुलाई देहाय बमोजिम प्रस्तुत गरिएको छः जलबायु परिवर्तनको कारणबाट प्राकृतिक प्रकोपको क्षति बढीरहेको अवस्था छ । यस्ता घटनाहरु कुनै प्याटर्नमा घट्दैनन् र यिनको क्षतिको पूर्वानुमान गर्न पनि कठिन हुन्छ । जसको कारण एकातिर बीमितको लागि  बीमा खर्च महंगो हुन जान्छ भने अर्कोतिर पुनर्र्बीमा र बीमा कम्पनीहरुको नाफा घट्न जान्छ ।

देश बीचहरुको लडाईं, आतंक, गृहयुद्ध, राजनैतिक अस्थिरता, बित्तिय अस्थिरता जस्ता मानव सिर्जित दुर्घटना र प्राकृतिक बिपदबाट सिर्जित घटनाका कारणले ल्याउने बिशेष क्षतिलाई पनि बीमा र पुनर्बीमा कम्पनीहरुले ठुलो क्षति ब्यहार्नु पर्नेछ । हाल अधिकांश पोर्टफोलियोको प्रिमियम दर कम छ । जसको कारण बीमा र पुनर्बीमा दुवै कम्पनीहरुलाई असर परेको छ ।

यी दरहरुमा आवश्यकतानुसार बृद्धि नहुने हो भने भविष्यमा झन् समस्या पर्नेछ । कोभिडको संन्त्रास सकिएको छ तर पनि विगत २ वर्ष देखिको कोभिडको प्रभावका कारण उद्योग, ब्यवसायमा असर परेको छ । यो असर आगामी वर्षहरुमा समेत पर्नेछ । आर्थिक कारोवारमा अत्याधिक कमी आउनाको कारणले गर्दा बीमाको आम्दानीमा संकुचन आएको छ, क्षतिमा बृद्धि भएको छ, लगानीका अवसरहरु घटेका छन् । साइबर आक्रमणको जोखिमको कारणले भविष्यमा पुनर्बीमा व्यवसायमा निकै धक्का पुग्नेछ ।

बैंक तथा बित्तिय संस्थाहरुले यो प्रोडक्ट किन्नको लागि निकै मंहगो पर्नेछ जसका कारण कि साइबर आक्रमणबाट क्षति व्यहोर्नु पर्नेछ कि महंगो रकम तिरेर साइबर बीमा लिनु पर्नेछ । एकातिर पर्याप्त मात्रामा प्रिमियम चार्ज नहुनु र अर्को तर्फ मानिसहरुको आयु बढ्दै गएको  कारणले गर्दा जीवन बीमा र पुनर्बीमा कम्पनीहरुको दिर्घकालीन दायित्व बढ्दै गएको छ ।

यसलाई आयुका कारण हुने जोखिम (Longevity Risk) को रुपमा लिइन्छ । इतिहासमा हामी के देख्छौं भने विश्वका ठुला भनिएका पुनर्बीमा कम्पनीहरु रातारात टाट पल्टिएका पनि छन्। यसो हुनुमा जोखिमको राम्रोसंग गणना गर्न नसक्नु, जोखिमलाई विश्वासनीय कम्पनीहरुमा हस्तान्तरण गर्न नसक्नु, आफ्नो सम्पत्तिको नगद प्रवाहको योजना बनाउन नसक्नु, तत्काल दाबी वा प्रिमियम भूक्तानी गर्नु पर्ने अवस्थामा स्वदेशी तथा विदेशी मुद्राको व्यवस्थापन गर्न नसक्नु, खराब जोखिम धेरै बहन गर्नु, खराब सम्पत्तिमा लगानी गर्नु, कम्पनीमा पारदर्शिता र सुशासन कायम गर्न नसक्नु जस्ता धेरै कारणहरु हुन सक्दछन् ।

नियमनकारी निकायले बीमा र पुनर्बीमा कम्पनीलाई एउटै डालोमा राखेर नियमन गर्ने, एकै खालका निर्देशिका वा नियमहरुबाट सुपरिवेक्षण गर्ने, यी दुई बीचको भिन्नतालाई पहिचान गर्न नसक्ने अवस्थामा पनि धेरै चुनौतीको सामना गर्नु पर्दछ । पुनर्बीमाको कार्यशैली र समग्र चरित्र अन्तर्राष्ट्रिय स्तरको हुने भएकोले केही खूल्लापनको आवश्यकता पर्दछ । यीनीहरुलाई जहांको जोखिम स्वीकार गरेको छन् ती देशहरुको समेत सम्बन्धित नियम कानूनको पालना गर्नु पर्ने बाध्यता हुन्छ । यीनीहरुको अन्तर्राष्ट्रिय कम्पनी तथा निकायहरुसंग आवश्यकतानुसार पटक पटक सम्पर्क गर्नु पर्ने हुन्छ । कतिपय अवस्थामा कतिपय मुद्दामा केही लचिलो हुनु पर्ने हुन्छ । यदि स्थानीय नियमहरु लचिलो नहुने हो भने भनेको समयमा निर्णयमा नपुग्न सकिन्छ ।

४. बीमा पुलहरुको ब्यवस्थापनमा पुनर्बीमा कम्पनीहरुको भूमिका बीमा पुल भनेको देश भित्रैबाट जोखिम व्यवस्थापन गर्ने उद्देश्यले वा अधिकतम बीमा प्रिमियम स्वदेशमा नै राख्ने उद्देश्यले स्वदेशमा स्थापित बीमा र पुनर्बीमा कम्पनीहरु बीचको आपसी सहमतिमा जोखिमको ब्यवस्थापन गर्ने एक योजना हो । विश्वमा यसको प्रचलन धेरै पुरानो हो । यसबाट स्वदेशी रकम विदेश जानबाट रोकिनुको साथै कम्पनीहरुको आफ्नो जोखिम धारण गर्ने क्षमतामा क्रमशः बृद्धि गर्दै लैजाने अवसर पनि प्राप्त हुन्छ । विभिन्न देशका पुनर्बीमा कम्पनीहरुले यस्ता बीमा कोषहरुको संचालन गर्दै आएका छन् जसबाट राज्यलाई कर प्राप्त हुने, वैदेशिक मुद्राको पलायन रोकिने, रोजगारीको सिर्जना हुने लगायतका फाइदा हुन्छ ।

५. नेपालको परिप्रेक्षमा पुनर्बीमा कम्पनीको भूमिका सन् २०१४ मा पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपाल पुनर्बीमा कम्पनीको स्थापना भयो । यो कम्पनीको स्थापनाको उद्देश्य आतंकवाद, हुलदंगा जस्ता जोखिम बहन गर्न कुनै पुनर्बीमा कम्पनी तयार नभएको हुंदा नेपाल भित्रै सबै बीमा कम्पनीहरु मिलेर एक कोष खडा गर्दै जांदा उक्त कोषमा हरेक वर्ष जम्मा हुन गएको मुनाफालाई पुनर्बीमा कम्पनीको पूंजीमा परिणत गरियो । अन्ततः यो कम्पनीले देश भित्रका बीमा कम्पनीहरुको सबै खालका जोखिमहरु बहन गर्नुको साथै विदेशी बीमक र पुनर्बीमकहरुको पनि जोखिम बहन गर्दै आइरहेको छ ।

नेपाल पुनर्बीमा कम्पनीले आफ्नो पुनर्बीमा ब्यवसाय (Core reinsurance business) को अतिरिक्त बीमा सचेतना अभिबृद्धि गर्ने, बीमा क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने र सामाजिक उत्तरदायित्वको काम गर्ने उद्देश्य पनि रहेको छ । सोही अनुरुप नेपाल पुनर्बीमा कम्पनीले कोर बिजनेसको अतिरिक्त बीमा कम्पनीहरुको जनशक्तिको बिकासको लागि आवश्यक तालीम, कार्यशाला, अन्तरक्रिया लगायतका कामहरु पनि गर्दै आइरहेको छ । आगामी दिनमा बजारको लागि आवश्यक पर्ने जनशक्ति उत्पादनको लागि बीमा समितिसंग बिशेष सहकार्य गर्न पनि तयार रहेको छ भने विपद् ब्यवस्थापनको क्षेत्रमा काम गर्नका लागि नेपाल सरकारसंग सहकार्य गर्न इच्छुक रहेको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका संस्थाहरुको सहयोगमा बीमा क्षेत्रमा उच्च स्तरको अनुसन्धान गर्नुको बिकल्प छैन । बीमा बजारलाई ब्यवस्थित बनाउनका लागि नियमनकारी निकायको मुख्य जिम्मेवारी हुन्छ । यसको अलावा पुनर्बीमा कम्पनीको पनि भूमिका हुन्छ किनकी जबसम्म सिडेन्ट कम्पनीहरुको कार्यक्षमता प्रभावकारी हुंदैन, र पारदर्शिता र सुशासन राम्रो हुंदैन तबसम्म जोखिमांकन पनि राम्रो हुंदैन, जोखिम ब्यवस्थापन प्रभावकारी हुंदैन, र दाबी ब्यवस्थापन पनि सरल र छिटो हुन सक्दैन ।

यी सबै कामलाई ब्यवस्थित बनाउनका लागि प्रणालीगत सुधार आवश्यक हुन्छ र प्राविधिक सहयोगको पनि प्रभावकारी भूमिका हुन्छ । पुनर्बीमाले बीमा कम्पनीहरुको प्रणालीमा सुधार गर्न र प्रभावकारीतामा बृद्धि गर्न निकै सहयोग गर्न सक्दछ ।

ीमा उद्योगमा पुनर्बीमाको जबरजस्त भूमिका हुन्छ नै, तैपनी भूमिकाको को साथसाथै, ठुला ठुला चुनौतीको सामना पनि गरिरहेकै छन् । विश्वमा भइरहेको युद्ध, आणबिक हतियारको प्रयोगको संभावना, प्रदुषित वातावरण, आन्तरिक द्धन्द्धहरुले एकातिर जोखिम निम्त्याइरहेका छन् भने अर्को तिर मानिसको जिबन शैलीको कारणले पनि जोखिममा बृद्धि भइरहेको छ । यी सबै बिषयको सामना गर्नका लागि दक्ष जनशक्तिको आवश्यकता पर्दछ, तर नेपालमा आज पनि पुनर्बीमा ब्यवसायलाई हांक्न सक्ने अन्तर्राष्ट्रिय स्तरको जनशक्ति अभाव छ ।

विदेशी जनशक्तिको भरपर्नु पर्ने बाध्यता छ । पुनर्बीमा ब्यवसायमा निर्णय लिनु अघि तथ्यांकको प्रशोधन, बिश्लेषण र संश्लेषण अति आवश्यक हुन्छ । पर्याप्त तथ्यांकको अभाव नेपालले झेली रहेको अवस्था छ । जसको कारणले कहिले कांही गलत निर्णयको शिकार पनि भएको अवस्था छ ।

पुनर्बीमा कम्पनी एक ब्यवसायिक कम्पनी भएको नाताले निश्चित नाफाको अपेक्षा गर्नुलाई अन्यथा मान्न सकिन्न तर यसले मुनाफालाई भन्दा गुणस्तरीय सेवालाई बढी ध्यान दिनु पर्दछ जस्तो कि बीमा कम्पनीको जोखिम बहन गर्न सक्ने अधिकतम क्षमतालाई सम्मान गर्दै कम भन्दा कम जोखिम बहन गर्ने, कम भन्दा कम प्रिमियम लिने, समयमा दाबी भुक्तानी गर्ने, पुनर्बीमाको कुन कार्यक्रम बढी उपयुक्त हुन्छ भन्ने सम्बन्धमा बीमा कम्पनीहरुलाई सल्लाह दिने, बीमा कम्पनीको जनशक्तिलाई प्राविधिक ज्ञान उपलब्ध गराउने आदि इत्यादि ।

यी सेवाहरुले दिर्घकालीन रुपमा पुनर्बीमा र बीमा कम्पनीहरुलाई नै फाइदा गर्दछ, बीमाको बजार बिस्तार गर्दछ, जोखिमांकन क्षमतालाई बृद्धि गर्दछ र दाबी ब्यवस्थापनमा स्तरीयता बृद्धि हुन्छ । ६. निष्कर्ष बीमा भन्दा पुनर्बीमा कम्पनीको जोखिम धारण क्षमता धेरै हुनुको साथै यसको संचालन पनि निकै जटिल र प्राविधिक रुपमा निकै कठीन पनि हुन्छ ।

तसर्थ, जसरी पुनर्बीमाको ब्यवस्थापन फरक ढंगबाट हुन्छ उसै गरी नियमन र सुपरिवेक्षण पनि खास ढंगबाट हुनु आवश्यक हुन्छ । वैदेशिक व्यवसाय भएको कारण यसको कार्यशैलीलाई अन्तर्राष्टिय स्तरको बनाउनका लागि सबै पक्षले मिहिनेत गर्नु पर्दछ । अन्यथा, पुनर्बीमाको लक्ष्य र मर्म बमोजिम कार्य सम्पन्न हुन सक्दैन । फलस्वरुप, समग्र बीमा उद्योगलाई नै नकारात्मक असर गर्न सक्दछ । एक बाक्यमा भन्नु पर्दा एक सशक्त पुनर्बीमाले स्वदेशी तथा बिदेशी बीमा बजारलाई सही गन्तव्य दिन सक्दछ भने त्यही कम्पनीले गलत दिशा समात्यो भने बीमा बजारलाई निकै ठुलो नोक्सानी पनि हुन सक्दछ । यस बाक्यांशबाट, पुनर्बीमा कम्पनीको भूमिका, महत्व, अवसर, चुनौतीको गहिराई बुझ्न सकिन्छ ।

(लेखक नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष हुन् ।) – बीमा समाचार र विचार ५४ औ बार्षिकोत्सव बिशेषाङ्क, २०७९ बाट साभार गरिएको

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*