६६ करोडको आईपिओ छिट्टै जारी गर्दै ज्योति लाईफ, बोर्डबाट पायो अनुमति

१० फाल्गुन २०७७, सोमबार १४:१०

काठमाडौं । पछिल्लो समय विभिन्न कम्पनीहरुले निष्काशन गरेको आइपीओ क्रमैसँग आउने क्रम जारी छ । भर्खरै महिला लघुवित्त, ग्रीन लाईफ जलविद्युतको आईपिओ सम्पन्न भएकोमा अब छिट्टै ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ पनि निष्काशन हुने भएको छ ।

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले गत वर्ष नै आईपिओको लागि आवेदन दिएको भएपनि नेपाल धितोपत्र बोर्डबाट बल्ल गत शुक्रबार अनुमति पाएको छ । दुई पूर्ण आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन बुझाउन नपाएको कारण ढिलाई भएको आईपिओ अब बढिमा एक साताभित्रैमा सूचना प्रकाशित हुने जनाइएको छ ।

२ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीमा १ अर्ब ५४ करोड रुपैयाँ संस्थापक लगानीकर्ताहरु छन् । बाँकी रहेको ६६ करोड रुपैयाँ साधारण शेयर आईपिओ जारी गरी वितरण गर्ने ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश खत्रीले जानकारी दिए ।

सो आईपिओको प्रबन्धकमा एनएमबि क्याापिटललाई नियुक्त गरेको ज्योती लाइफले जनाएको छ । कम्पनीले सम्भवतः फागुन २० गतेपछि आईपिओ भर्न पाउने गरी आवेदन खुल्ला गर्न लागेको जनाएको छ । सो आईपिओमा ५ प्रतिशत कर्मचारी तथा ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षण गरी बाँकी सबै सर्वसाधारणले भर्न पाउने गरी खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*