अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर निष्काशनका लागि बिक्री प्रबन्धमा सिद्धार्थ क्यापिटल नियुक्ति

११ फाल्गुन २०७७, मंगलवार १३:१४

काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार शेयर निष्काशन गर्ने क्रममा अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले २.४ मेगावाट जलविद्युत् आयोजनाको शेयर निष्काशन गर्ने भएको छ ।

शेयर निष्काशनका लागि हाइड्रोपावरले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

उक्त परियोजना लमजुङ्ग जिल्लाको मस्र्याङदी गाउँपालिकामा अवस्थित छ । अप्पर स्याङ्गेका अध्यक्ष वीर बहादुर घलेले यो परियोजना कोभिड १९ को प्रभावको बाबजुद बजेट भित्रै रही यथाशिघ्र नै निर्माण सम्पन्न हुने जानकारी गराएको छ ।

यस परियोजनामा कृति भेन्चर फण्ड, भेष्ना भेन्चर फण्ड र व्यात्तिगत लगानिकर्ताहरुले लगानि गरेको हो । माछापुच्छ्रे्े कृति क्यापिटल लिमिटेडले (पहिलेको कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेड) यस परियोजनाको स्थापनाकाल देखिनै संस्थागत परामर्शका रुपमा सेवाहरू प्रदान गर्दै आएको छ । साथै यस परियोजनाका लागि आवश्यक ऋण साझेदारका रुपमा प्राइम कमर्शियल बैंक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*