दुई वटा पुनर्बीमा कम्पनी दर्ताको पहल, पाँच अर्बको आईपिओ

१२ फाल्गुन २०७७, बुधबार ०९:३६

काठमाडौं । बीमा समितिमा नयाँ अध्यक्ष नियुक्त भएसँगै दुई वटा पुनर्बीमा कम्पनी दर्ताको पहल भइरहेको छ । यद्यपि बीमा समितिले चार वर्ष पहिले नै बीमा कम्पनी दर्ता नगर्ने निर्णय गरिसकेको छ ।

बीमा समितिको उक्त निर्णय उल्टाएर नयाँ कम्पनी दर्ता गर्न विभिन्न समुहहरु तछाड मछाड गर्दैछन् । सो सो समुहमा उपेन्द्र महतोदेखि अजेय सुमार्गी समेतको सक्रियता रहेको स्रोतका दावी छ । उपेन्द्र महतो समुहले अन्नपूर्ण रि इन्स्योरेन्स नामक कम्पनी दर्ता गर्न पहल गरिरहेको छ भने सुमार्गी समुहले काठमाडौं रि इन्स्योरेन्स कम्पनी दर्ता गर्ने पहल सुरु गरिसकेको छ ।

१०–१० अर्ब चुक्ता पुँजि हुने उक्त पुनर्बीमा कम्पनीहरु दर्ता भई औपचारिक रुपमा सञ्चालनमा आएमा सो को दुई वर्षपछि कूल पाँच अर्वको आईपिओ जारी गर्ने प्रस्ताव गरेका छन् । महतो समुहले अघि बढाएको अन्नपूर्णा रि इन्स्योरेन्स कम्पनीको पुँजि संरचना आठ अर्बको संस्थापक शेयर र दुई अर्बको आईपिओ तथा काठमाडौं रि इन्स्योरेन्स कम्पनीले सात अर्बको संस्थापक शेयर तथा तीन अर्बको आईपिओ जारी गर्ने प्रस्ताव गरेका छन् ।

यद्यपि यी सबै प्रस्तावहरु प्रारम्भिक हुन् । दर्ता हुने वा नहुने तथा दर्ता भई सञ्चालनमा आएपछि पनि दुई वर्ष आईपिओ जारी गर्न कुर्नुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*