बिशेष संसदीय समितिलाई सिंहदरबारको गेटको सीसीटीभी फुटेज मेटिएको भन्दै गृहले पत्र पठायो, यस्तो छ कारण
१० श्रावण २०७९, मंगलवार १५:२५

काठमाडौं । बजेट सार्वजनिकको अघिल्लो रात मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दायरा हेरफेर गरेको आरोपपछि छानबिनको लागि बनेको बिशेष संसदीय समितिले माग गरेको सिंहदरबारको गेटको फुटेज नभएको पाईएको छ।
सिंहदरबारको गेटको सीसीटीभी नरहेको भन्दै गृहले पत्र पठाएको छ। फुटेज १६ दिनभन्दा धेरै नरहने भन्दै गृहले संसदीय बिशेष समितिलाई उक्त पत्र पठाएको हो ।
शर्मामाथि छानबिन गरिरहेको समितिले साउन ८ गते सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको थियो । उक्त निर्णयको जवाफ गृहले दिएको हो ।छानबिन समिति बैठकले थप प्रमाण जुटाउने क्रममा जेठ १४ गते राति सिंहदरबार आउजाउ गरेकाहरू हेर्न दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने भएको थियो ।













