बीमा कम्पनीहरुको संस्थापक शेयर खरिद-बिक्रीमा कडाई, बीमा समितिको पूर्व स्वीकृति अनिवार्य

२८ बैशाख २०७८, मंगलवार १४:३९

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको संस्थापक शेयर खरिद बिक्रीमा कडाई गरेको छ । समितिले आज जारी गरेको बीमकको संस्थापक शेयर शेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ अनुसार आजदेखि कुनै पनि बीमा कम्पनीको एक प्रतिशतभन्दा बढि संस्थापक शेयर खरिद बिक्रीका लागि बीमा समितिबाट पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । नयाँ व्यवस्थासँगै बीमा कम्पनीहरुको संस्थापक शेयर खरिद बिक्री थप झन्झटिलो बनेको छ ।

आज जारी नयाँ निर्देशिका अनुसार बीमा कम्पनीहरुको संस्थापक शेयर खरिदकर्ताको बारेमा बीमा समितिले अध्ययन गरे स्वीकृति दिएपछि मात्रै खरिद संस्थापक शेयर खरिद बिक्री गर्न पाइनेछ । बीमा समितिले कुनै कारणबस स्वीकृति दिएको अवस्थामा नयाँ लगानीकर्ताले त्यस्तो संस्थापक शेयर खरिद गर्न नपाउने भएका छन् ।

नयाँ व्यवस्था अनुसार १ प्रतिशतभन्दा बढि शेयर खरिद बिक्रीका लागि भने पूर्व स्वीकृति लिनु नपर्ने तर त्यस्तो शेयर कारोबार भएको १५ दिनभित्रमा खरिद–बिक्रीकर्ताको विवरण बीमा समितिमा पेश गर्नुपर्ने छ ।

हेरौं निर्देशिका

beema samitee directive

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*