जेठ १३ गतेसम्म सबै बीमा कम्पनीहरु बन्द, बीमा समितिले दियो निर्देशन

२९ बैशाख २०७८, बुधबार ११:२८

काठमाडौं । नेपालमा सञ्चालित ४० वटै बीमा कम्पनीहरुलाई आजदेखि कार्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । सबै बीमा कम्पनीहरुलाई आज निर्देशन जारी गर्दै बीमा समितिले कोरोना महामारीको समयमा जेठ १३ गतेसम्म कुनै पनि बीमा कम्पनीको शाखा अन्य कार्यालयहरु नियमित रुपमा सञ्चालन नगर्न भनेको हो ।

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको हिजोको बैठकले सरकारी, संस्थान सहित बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेसँगै बीमा समितिले सबै कम्पनीहरुलाई सेवा बन्द गर्न निर्देशन दिएको हो ।

बीमा सेवा जेठ १३ गतेसम्म स्थगित गर्ने जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को निर्णय अनुसार बीमा कम्पनीहरुलाई शाखा कार्यालय बन्द गराउन र कर्पाेरेट कार्यालयहरुमा सिमित कर्मचारीमार्फत आन्तरिक प्रशासनको काम मात्रै गराउन पत्राचार गरिएको बीमा समितिले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*