निषेधाज्ञा अवधीमा बीमा पोलिसी ल्याप्स नहुने, इमेलमार्फत म्याद सकिएका पोलिसी नविकरण गर्न पाइने

२९ बैशाख २०७८, बुधबार १६:१२

काठमाडौं । बीमा समितिले निषेधाज्ञा अवधीमा बीमा कम्पनीका कार्यालयहरु बन्द हुने भएपछि बीमा पोलिसी सम्बन्धी व्यवस्था गरेको छ । जसमा निषेधाज्ञा अवधीमा म्याद सकिने बीमा पोलिसीहरु बीमितले लिखित रुपमा इमेलमार्फत जानकारी गराएको अवस्थामा नविकरण हुने व्यवस्था मिलाएको छ ।

बीमा समितिले आज जारी निर्देशन अनुसार निर्जिवन र जीवन बीमा दुवै पोलिसीहरु निषेधाज्ञा अवधीभरका लागि ल्याप्स नहुने व्यवस्था गरिएको छ । जीवन बीमा शुल्क निषेधाज्ञा हटेको १५ दिनभित्र भुक्तान िगर्न सकिने व्यवस्था मिलाइएको बीमा समितिले जनाएको छ । त्यसरी बीमा शुल्क संकलन गर्दा निषेधाज्ञा अवधी सकिएको १५ दिनसम्म ब्याज लिन नपाइने व्यवस्था गरिएको छ ।

त्यस्तै निर्जिवन बीमा पोलिसीहरु निषेधाज्ञा अवधीमा म्याद सकिएर नविकरण गर्नुपर्ने अवस्थामा इमेल लेखेर नविकरणको लागि आग्रह गरेको अवस्थामा नविकरण गर्न बीमा समितिले निर्देशन दिएको छ ।

बीमा समितिले बीमा दावी भुक्तानीको लागि आवश्यक प्रक्रिया पूरा गर्ने सन्दर्भमा निषेधाज्ञा अवधीमा इमेलमार्फत प्राप्त कागजातलाई प्रमाणको रुपमा ग्रहण गर्न भनेको छ । दावी भुक्तानी भने निषेधाज्ञा हटेपछि यथाशिघ्र गर्न भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*