२८ बर्ष बीमा प्राधिकरणमा सेवा गरेर बिदा भईन् उपनिर्देशक लक्ष्मी

१ मंसिर २०७९, बिहीबार १७:१३

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा २८ वर्ष सेवा पुरा गरेर उपनिर्देशक लक्ष्मी ढकालले अवकास पाएकि छिन् । बीमा समितिमा आयोजित कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्या सिलवालले उनको बिदाई गरे ।

रेडक्रस भवनको एउटा सानो कोठाबाट सुरु भएको बीमा समितिमा प्रवेश गरेर प्राधिकरण बनेपछि उपनिर्देशक लक्ष्मीले अवकाश लिएकि हुन् ।२०५१ सालमा बीमा समितिमा खरीदार श्रेणीबाट प्रवेश गरेर सहायक निर्देशक हुँदै उपनिर्देशक पदमा कार्य गर्र्दै बीमा प्राधिकरणबाट अवकाश लिएकि छिन् ।

लामो समयदेखि बीमा समितिलाई स्वायत्तता दिने बीमा प्राधिकरण आएसँगै विगतलाई सम्झदै गौरवान्वित महसुस भएको बताईन् ।बीमा ऐन ल्याउन गरेको संघर्ष र पुराना दिनहरुमा आफूले गरेको सेवामा प्राधिकरणले पूर्णता गरिदिएको उनी बताउछिन् ।

कार्यक्रममा आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमिति बीमा समितिका सबै विभागको तर्र्फबाट उनलाई दोसल्लासहित विदाई गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*