कालिन्चोक दर्शन लिमिटेडले मंसिर १४ गतेदेखि आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?

६ मंसिर २०७९, मंगलवार १०:३६

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले यहि मंसिर १४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशतले हुन आउने १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार २६० कित्ता साधारण शेयर आयोजना प्रभावित स्थानियहरुका लागि र सर्वसाधारणमा जारी गरिने १० लाख ८० हजार कित्ताको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता सेयर बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।

यस आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४९९० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा गएका नेपाली लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार ८०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले छिटोमा मंशिर २८ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद पुस १४ गतेसम्म लम्बिनेछ । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै मेगा बैंक र सेञ्चुरी बैंकका दोलखाका तोकिएका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

 

One thought on “कालिन्चोक दर्शन लिमिटेडले मंसिर १४ गतेदेखि आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?

  1. राज कुमार राई says:

    बैदेशिक राेजगारमा गईका हरुले कसरी ipo भर्ने?जानकारी पाउने अपेक्षा।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*