बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई)द्धारा बुकक्लोजको मिति तय

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले साधारण सभा प्रयोजनार्थ तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तोकेको छ ।
बोटलर्स नेपाल लिमिटेड र तराईको मंसिर २ गते बसेको संचालक समितिको बैठकले पुष २० गते बुकक्लोजको मिति तोकेको छ । यसअनुसार पुष १९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै यी दुई कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।
बोटलर्स नेपाल लिमिटेडको असोज ६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट प्रति शेयर २० रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो । त्यस्तै बोटलर्स नेपाल तराई लिमिटेडको असोज ६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट प्रति शेयर ६० रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव थियो ।












